२०७६ जेठ १ बुधबार ०७:५१:००
डा. केदार कार्की, पशुचिकित्सक मुना भेटेनरी अस्पताल

यसरी जोगिऔँ बर्ड फ्लुबाट

एभियन इन्फ्लुइन्जा, जसलाई सामान्य भाषामा एभियन फ्लु या बर्ड फ्लु मात्र भनिन्छ । यो एउटा किसिमको घातक इन्फलुइन्जा हो । जुन चरा प्रजातिमा अभ्यस्त भाइरसका कारण हुन्छ । 

कसरी सर्छ ? 
सामान्यतया बर्ड फ्लु बिरामी चराकोे सम्पर्कबाट मानिसमा सर्छ । कुखुराजन्य दुषित उपकरणका कारणसमेत अप्रत्यक्ष रूपमा सर्न सक्छ । एभियन इन्फ्लुइन्जा भाइरस संक्रमित कुखुराको नाक, मुख र आँखामा हुन्छ । साथै, कुखुराको बिस्टाको माध्यमबाटसमेत मानिसमा सरेको पाइन्छ । त्यस्तै, कुखुरा काट्दा, भुत्ल्याउँदा, दानापानी दिँदा र हेरचाह गर्दासमेत सर्छ । 

उच्च घातक क्षमताको भाइरस कुखुरामा सरेको २८ घन्टाभित्रै त्यसले पूरै बथान नष्ट गर्न सक्छ । तर, न्यून घातक प्रजातिले भने अन्डा उत्पादनमा प्रभावित पार्छ । मृत्युदर भने न्यून हुन्छ । 

बर्ड फ्लुको भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना भने दुर्लभ मानिन्छ । एभियन इन्फलुइन्जाका केही प्रजाति जलचर तथा फिरन्ते जंगली चराको आन्द्रामा बसेका हुन्छन् । तर, यी प्रजातिले बिरलै मात्र मानवमा संक्रमण गराउँछन् । 

जसलाई जोखिम प्राणीविज्ञ (ओरनिथोलोजिस्ट), जसले जिउँदो चरासँग व्यवहार गर्छन् ।

नेपालको सन्दर्भमा भने कुखुरा फार्मका कामदार, संक्रमित कुखुरा फार्म निरीक्षण गर्ने पशुचिकित्साकर्मी र पशुस्वास्थ्य प्राविधिक उच्च जोखिममा पर्ने गरेका छन् । साथै, उनीहरू रोग प्रसारणको संवाहक पनि बन्ने गरेका छन् ।

रोकथाम

  • रोग नियन्त्रणका लागि जैविक सुरक्षाको नियमित अभ्यास महत्वपूर्ण  मानिन्छ । कुखुराका बथानलाई काँठे कुखुरा, हाँस तथा जंगली चरासँग घुलमिल हुनबाट बचाउनुपर्छ । 
  • कुखुरा फार्ममा काम गर्नेले चलाउने सवारीसाधन अरूले प्रयोग गर्नुहुँदैन । 
  • बिक्रीका लागि बजार लगिएका कुखुरा पुनः बथानमा फिर्ता गरी मिसाउनहुन्न । 
  • व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग गर्नुपर्छ, जसले संक्रमण प्रसारण न्यून गर्न सघाउ पु-याउँछ । जसमा आँखा, नाक, मुख र हातको सुरक्षा महत्वपूर्ण मानिन्छ । त्यस्तै, एप्रोन कभर, बुटकभर, हातकभर, रौँ कभर र टोपीलगायत सुरक्षाका सामग्री मानिन्छन् ।
  • आफ्नो फार्ममा बिरामी कुखुरा भएको शंका लागेमा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराएमा रोग प्रसारण न्यूनीकरण गर्न सहयोग पुग्छ ।
  •