१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ७ शनिबार १३:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किसानलाई बर्ड फ्लुबाट भएको क्षतिपूर्ति दिने तयारी गर्दैछौं : कृषि मन्त्री साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ७ शनिबार १३:२६:००

कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा उनले गरिब समुदायका बालबालिकामा प्रोटिनको कमीले कुपोषण भइरहेको उल्लेख गरिन् ।

बालबालिकाको उमेरअनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यक्ता भएपनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरुको शिकार भइरहेको बताउँदै उनले खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउन मन्त्रालय प्रयासरत रहेको बताइन् ।

अर्को प्रसंगमा मन्त्री साहले किसानले कुखुराको आहार तथा बर्डफ्लुबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति नपाएको बताइन् । त्यसबापतको क्षतिपूर्ति दिन मन्त्रालयले आवश्यक तयारी गरिरहेको उनको भनाइ छ ।

‘अण्डा र कुखुराको मासुमा नेपाल लगभग आत्मनिर्भर छ । तर, किसानहरु बर्डफ्लु, दानाको उचित मूल्य नपाउँदा चिन्तित छन् । बर्ड फ्लुबाट परेको असरलाई कम गर्न बर्ड फ्लुको क्षतिको नियमानुसार क्षतिपूर्ति दिलाउन मन्त्रालय लागिपरेको छ,’ उनले भनिन् ।