१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार ०७:२३:००
Read Time : > 2 मिनेट
सेयर बजार

सेयर बजारमा तेस्रो त्रैमासको वित्तीय विवरणको प्रभाव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार ०७:२३:००

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ४९ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अहिले बजारलाई सूचीकृत कम्पनीहरूले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणले प्रभाव पारेको छ । आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी छ । अहिले बजारमा सेयरमूल्य पनि सस्तो छ । यस समयमा सेयर खरिद गरी केही समय होल्ड गरेर लाभांश संकलन गर्ने लगानीकर्ताले रणनीति बनाएको एक लगानीकर्ताले बताए । उनका अनुसार अहिलेको समयलाई सेयर बजारको सिजन पनि भनिन्छ । तेस्रो त्रैमासको वित्तीय विवरण अध्ययन गरेर चौथो त्रैमाससम्ममा कम्पनीहरूले कति नाफा कमाउँछन् ? र, कति लाभांश दिन सक्छन् ? भन्ने लगानीकर्ता अड्कल लगाउँछन् र सोको आधारमा सेयर खरिद गर्ने उनको भनाइ छ । यस दिन बजारमा सेयर खरिद तथा बिक्री गर्ने लगानीकर्ताको चाप उत्तिकै रहेको एक ब्रोकरले बताए । लगानीकर्ता नयाँ रणनीतिसहित बजारमा प्रवेश गरेका कारण नेप्से बढेको उनको भनाइ छ । 

बजार सारांश

नेप्से परिसूचक यस दिन ६ दशमलव ३० अंक बढेर १ हजार ३ सय १ दशमलव ३४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव २१ अंक बढेर २ सय ७८ दशमलव २४ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव २८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० अंक घटेको छ । यस दिन १ सय ६९ कम्पनीको ८ हजार ७ सय २१ पटकको कारोबारमा ७८ करोड ६४ लाख १२ हजार ८ सय ८ रुपैयाँबराबरको २३ लाख ९२ हजार ४ सय ३ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण

आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ६९ दशमलव ८३ स्केलमा पुगेको छ । आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव शून्य ६ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६९ कम्पनीमध्ये ७८ कम्पनीको सेयरमूल्य बढेको छ भने ७३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १८ कम्पनीको सेयरमूल्य भने यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार २ सय ९७ दशमलव ४४ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए, नेप्सेले १ हजार २ सय ९३ दशमलव ५४ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार ३ सय ३ दशमलव ५४ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार ३ सय ५ दशमलव ७४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

शिवमकाे सेयरमूल्यमा सर्किट

यस दिन शिवम् सिमेन्ट्स लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ४५ रुपैयाँ बढेर ४ सय ९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीले यस दिन १ अर्बभन्दा बढी नाफा कमाएको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको थियो । सोही विवरणले लगानीकर्तालाई आकर्षित गरेको छ । त्यसैगरी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९ दशमलव ५९ प्रतिशत बढेर १ सय ६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । किसान माइक्रो फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र कालिका लघुवित्तको सेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी बढेको छ । गत साता निरन्तर सकारात्मक सर्किट लागेको हिमालयन डिस्टिलरीको सेयरमूल्य ६ प्रतिशत अर्थात् १ सय २५ रुपैयाँ घटेर १ हजार ९ सय ३४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

शिवमकाे सर्वाधिक कारोबार

लगानीकर्ता यस दिन शिवम् सिमेन्ट्सको सेयरमा आकर्षित भएका छन् । सो कम्पनीको यस दिन १ हजार १ सय ४० पटकको कारोबारमा ११ करोड ४६ लाख १ हजार रुपैयाँबराबरको २ लाख ३३ हजार २ सय ८९ कित्ता सेयर किनबेच भएको छ । गत आवको चैत मसान्तको तुलनामा चालू आवको सोही अवधिसम्ममा ३१ दशमलव ३६ प्रतिशत नाफा बढाउन सफल प्राइम कमर्सियल बैंकको यस दिन ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । प्रिमियम इन्स्योरेन्स र नेपाल बैंकको कारोबार रकम यस दिन ३ करोड नाघेको छ ।