सेयर बजारमा निरन्तर गिरावट

बुधबार, २१ चैत, २०८०
डिजिटल संस्करण

साताको बुधबार दिन पनि सेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ। नेप्से परिसूचक ३.४३ अंकले घटेर हजार ६.७८ विन्दुमा आइपुगेको हो। नेप्से सूचक यो आइतबारदेखि नै निरन्तर घटिरहेको छ।

कारोबारमा आएका तीन सय २२ कम्पनीको ६४ लाख ८१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा  दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ।

सर्वाधिक धेरै कारोबार हुने कम्पनीमा  सूर्यज्योति लाइफ इन्स्योरेन्स छ। कम्पनीको २५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। दोस्रो धेरै कारोबार हुने कम्पनीमा सवोत्ततम सिमेन्ट छ।

कम्पनीको १२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ। सोनापुर मिनरल्स एन्ड आयल, शिवम् सिमेन्ट र गोर्खाज फाइनान्सको पाँच करोड ९२ लाख रुपैयाँदेखि  ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ।

सामान्य अंकले घटेको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर बजारमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। वेन नेपाल लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था र सिर्जनशील  लघुवित्त वित्तीय संस्थाको ७.६९ प्रतिशतदेखि  ९.९७ प्रतिशतले बढेको छ। 

रिभर फल्सपावर, मन्दाकिनी हाइड्रो पावर, बटलर नेपाल–तराई, कर्पोरेट डेभलपमेन्ट बैंक र भूगोल इनर्जी डेभलपमेन्टको ३.४७ प्रतिशतदेखि ४.४० प्रतिशतले घटेको छ। 
 

सुझावित समाचार