काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले एथलिट ल्यान्ड प्रालि बालकुमारी, खरीबोट, ललितपुरमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । जसअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले एथलिट ल्यान्डमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।