१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बर्दिया अस्पतालमा डायलाइसिस  सेवा सञ्चालन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२o:oo

बर्दियामा होमो डायलाइसिस  सेवा सञ्चालनमा आएको छ । डायलासिस  मेसिन आएको लामो समय बित्दा पनि जनशक्ति अभावले सञ्चालन हुन नसेको सेवा आज (मंगलबार) देखि सञ्चालन भएको हो । डायलाइसिस  सेवा सञ्चालन भएपछि बर्दिया जिल्लाबाट नेपालगन्ज कोहोलपुरलगायतका स्थानमा डायलाइसिस  गर्न जाने बिरामीहरूलाई सहज हुने भएको छ । मिर्गौलाको समस्याबाट पीडित बिरामीहरू हप्ताको तीनपटकसम्म डायलाइसिस  गर्नका लागि नेपालगन्ज, कोहलपुरलगायतका स्थानमा जाने गरेका थिए । 

बर्दियामा हाल करिब दुई सयजना नियमित डायलाइसिस  गर्नुपर्ने मिर्गौला रोगी रहेको स्वास्थ्य कार्यालय बर्दियाको अनुमान छ। उनीहरू नेपालगन्ज, कोहलपुर, काठमाडौंलगायत भारतको विभिन्न स्थानमा उपचार गराइरहेका  छन् । पहिलो दिनमै दुईजना बिरामीको डायलाइसिस भएको छ  भने १४ जना बिरामी डायलाइसिसका लागि सूचीकृत भएका छन् ।

डायलाइसिस सेवाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनमगरले डायलाइसिस सेवाबाट बर्दियालगायत छिमेकी जिल्लाहरूले थप सेवा सुविधा पाउने विश्वास व्यक्त गरेका छन् । यसलाई पूर्ण रूपमा सदुपयोग गर्न आह्वान  गर्दै बर्दिया अस्पताललाई स्तरोन्नति गर्दै लैजाने बताए । 

लुम्बनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले डायलाइसिस  सेवाको लागि निरन्तर बजेट आउने बताउँदै सेवाले निरन्तरता पाउने बताए । आवश्यक पर्ने जनशक्तिलाई व्यवस्थापन गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर जानुपर्ने बताए  । 

प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले डाइलाइसिस सेवालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नका लागि निकै चुनौतीपूर्ण रहेको बताउँदै सञ्चालनका लागि जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए । बर्दियासँगै नजिकका जिल्लाहरूका बिरामीहरूलाई सहज हुने पीडितहरूले बताएका छन् । मिर्गौला समस्याका पीडित गुलरिया नगरपालिका– ९ बस्ने सीताराम चौधरी लामो समयदेखि डाइलाइसिस गर्नका लागि नेपालगन्ज धाउनुपर्ने बाध्यता हटेको बताए । मध्यरातमा डायलाइसिस  गर्ने पालो पर्दा आवतजावतमा समस्या पर्ने गरेको स्मरण गर्दै भेरी अस्पतालमा पालो नपाउँदा एकपटकको सात हजारसम्म तिरेर डायलाइसिस  गरेको उनले बताए । 

बर्दिया जिल्लामा करिब एक वर्ष अघिदेखि डायलाइसिस मेसिन आएको थियो । तर, जनशक्ति अभावको कारण सेवा सञ्चालन हुन सकेको थिएन । जनशक्ति अभावमा र तयारी नपुगेको कारणले लामो समयसम्म सञ्चालन हुन नसकेको सेवा आज सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले बताए  । पाँचवटा डायलाइसिस  मेसिन भए पनि एक मेसिन होल्डमा र चारवटा डायलाइसिस मेसिनबाट दैनिक सेवा दिन सकिने उनले बताए । 

ad
ad