१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ६ बिहीबार
  • Tuesday, 17 June, 2025
२o८१ बैशाख ६ बिहीबार १२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीमा थपिँदै ६ मन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ६ बिहीबार १२:३७:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरेका छन्। महराले एमालेका चार, नागरिक उन्मुक्तिका एक र स्वतन्त्र एक सांसदलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका हुन्।

यसअघि एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य, माओवादीबाट रोल्पाका दीपेन्द्रकुमार पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री भइसकेका छन्।   

आज ६ जना मन्त्री थपिएसँगै १० सदस्यीय मन्त्रिपरिषद् हुनेछ। एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, बाँकेका रत्नबहादुर खत्रीलाई थप गर्ने गरी सिफारिस गरिएको हो। 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट यसअघिका भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरी र स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतलाई पनि मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको हो। 

साथै मुख्यमन्त्री महराले एमालेका आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिएका छन्। त्यस्तै रोल्पाका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी, जसपाका भण्डारीलाल अहीरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। अन्य मन्त्रीहरूको भने अझै जिम्मेवारी बाँडफाँट गरिएको छैन। 

अहिले लुम्बिनीमा १० सदस्यीय मन्त्रिपरिषद् भए पनि थप गर्ने विषयमा पनि छलफल भइरहेको छ। साना दलहरू जसपा, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीले एक–एकवटा मन्त्री माग गरेपछि मन्त्री थप गर्ने कसरतमा पनि सत्तापक्ष दल देखिएको छ।