Skip This
भैरहवा पुगेर देउवाले भने- पार्टीलाई एकढिक्का बनाउँछु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २८ बुधबार
  • Friday, 26 July, 2024
२o८o चैत २८ बुधबार १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भैरहवा पुगेर देउवाले भने- पार्टीलाई एकढिक्का बनाउँछु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २८ बुधबार १६:१७:oo

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन्।

नववर्ष ०८१ को अवसरमा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा सभापति देउवाले अहिले पार्टी एक भएर हिँड्नुपर्ने वेला भएको र आपसमा मतभेद थाती राखेर एकढिक्का हुनुपर्ने वेला आएकाे बताएका हुन्।

सहिद यादवनाथ आलोकको पूर्णकदको सालिक अनावरणका लागि रुपन्देही आएका सभापति देउवाले दुई वर्षअघि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गर्ने आश्वासन दिए।

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले गौतम बुद्ध विमानस्थल रुपन्देहीवासीका लागि ठूलो इज्जत र गौरवको विषय भएकाले यसको पूर्ण सञ्चालनका लागि पहल गरिदिन सभापति देउवासँग आग्रह गरे।

साथै उनले उनले चाँडोभन्दा चाँडो श्रम स्वीकृति, भिसा सेन्टर, हेल्थ सेन्टरको पनि व्यवस्थाका लागि पहल गर्न अपिल गरे।