१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १९ बुधबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

विराट गोल्डकप : आज एपिएफ र चर्च ब्वाइज भिड्दै

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:३२:oo

आठौँ संस्करणको विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा आज इटहरी गोल्डकप विजेता चर्च ब्वाइज क्लब काठमाडाैं र विभागीय टोली एपिएफ भिड्दै छन्।

विराटनगरको सहिद रंगशालामा साँझ ६ बजेदेखि हुने तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली एपिएफ र चर्च ब्वाइज क्लब भिड्ने भएका हुन्।

इटहरी गोल्डकप विजेता चर्च ब्वाइज देशकै चर्चित विराट गोल्डकप उचालेर इतिहास रच्ने आत्मविश्वासका साथ मैदान उत्रँदै छ। एकपटक विराट गोल्डपको उपाधि हासिल गरिसकेको विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ पुनः उपाधि उचाल्ने दाउमा छ। यसैले आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

१५ चैतदेखि आयोजना भइरहेको विराट गोल्डकपमा धरानमा यही सिजनमा आयोजना भएको बुढासुब्बा गोल्डकपको विजेता न्युरोड क्लब (एनआरटी) काठमाडाैंलाई २–१  गोलले पराजित गरी सिक्किम ड्रागन सेमिफाइनलमा पुगिसकेको छ।

सिक्किमले फाइनल प्रवेशका लागि मंगलबार हुने मच्छिन्द्र एफसी काठमाडैं र साथर्न समिति एफसी कोलकाताको विजेता टिमसँग प्रतिस्पर्धा गर्दै छ।

ad
ad