Skip This
प्रतिपक्षी कांग्रेसले आज पनि उठायो संसदीय समिति गठनको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १८ आइतबार १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिपक्षी कांग्रेसले आज पनि उठायो संसदीय समिति गठनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार १४:o५:oo

प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा पनि सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग उठाएको छ।

आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरू आआफ्ना कुर्सीमा उठेपछि सभामुखले सांसद सञ्जय कुमार गौतमले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि  सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरे।

पोखराको सूर्यदर्शन सहकारीबाट अवैध रकम निकालेर हिनामिना गरेको, तत्कालीन समयमा लामिछाने कार्यरत रहेको ग्यालेक्सी टिभीमा विभिन्न सहकारीको पैसा लगानी गरेको भन्दै कांग्रेसले यस्ता व्यक्तिलाई गृहमन्त्री बनाउन नहुने आवाज उठाउँदै आएको छ।

आजको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री प्रचण्डले आफैँ न्यायाधीश बनेर क्लिन चिट दिने प्रयास गरेको आरोप लगाए । 
‘प्रधानमन्त्रीले न्यायाधीशजस्तो हुकुम प्रमांगी दिने क्लिन चिट दिने काम गर्नुभयो । प्रहरी प्रमुखले पनि क्लिन चिट दिनुभयो । गोर्खा मिडिया नेटवर्कको नाममा ८० करोड भन्दा बढी रकम जम्मा भएको छ । मिडिया सञ्चालनमा पनि छैन । त्यसको जवाफ कसले दिने ?,’ उनले भने । 

उनले ९० हजारभन्दा बढी बचतकर्ताहरूको ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कको नाममा जम्मा भएको तर, आज त्यो प्रालि सञ्चालनमा नभएको र त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न उठाए । उनले गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिए।

यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगीको गम्भीरतापूर्वक छानबिन भइरहेको भनेको अवस्थामा त्यो रोकिएको र छानबिनको दायरामा रहेका व्यक्ति नै गृहमन्त्री भएको गौतमको भनाइ थियो।