१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १६ शुक्रबार ०८:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

८३ वर्षीया वृद्धाकाे हत्या गरेकाे अभियोगमा एक युवक पक्राउ

Read Time : < 1 मिनेट
२०८० चैत १६ शुक्रबार ०८:३७:००

काभ्रे जिल्लाको बनेपामा ८३ वर्षीया वृद्धाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । हत्या अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका– ८ घर भई हाल बनेपा– १३ भैँसेपाटी बस्ने २९ वर्षीय अभिषेक आचार्जुलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो ।बिहीबार प्रहरीले हत्यामा संलग्न आचार्जुलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । 

गत फागुन १८ गते धुलिखेल नगरपालिका– ९ घर भई बनेपा नगरपालिका– १३ भैँसेपाटीमा डेरा गरी बस्ने ८३ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा मृत भेटिएकी थिइन् । मृतकले कानमा लगाएको सुनको रिङ नरहेको अवस्थामा शव भेटिएको थियो ।

हत्या गरेको अभियोगमा मृतक तामाङ बस्ने घरकै भुइँतलामा बस्ने आचार्जुलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा आचार्जुले तामाङको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । आचार्जुले प्रहरीसँगको बयानमा मृतक तामाङ सुतिरहेको अवस्थामा कोठामा छिरी मृतक वृद्धाको छातीमा घुँडाले थिची मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन् ।

फागुन १७ गते वृद्धाको हत्या गरी लुटी ल्याएको सुन बनेपा– ८ स्थित चारदोबाटोको सुनपसलमा धरौटी राखी ३६ हजार नगद लिएको आचार्जुले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

हत्या अभियोगमा पक्राउ परेका आचार्जुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।