१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२४ : एकै खेलमा धेरै रेकर्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:५६:oo

१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को आठौँ खेल रेकर्ड नै रेकर्डले भरिएको छ । पाँचपटकको विजेता मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेलमा धेरै रेकर्ड बने । हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरे पनि खेल वास्तवमै रोमाञ्चक भएको थियो । पहिलो ब्याटिङ गरी सर्वाधिक रन बनाउनेदेखि लक्ष्य पछ्याउँदासम्म खडा गरेको स्कोर रेकर्ड बन्यो । यस खेलका केही मुख्य रेकर्ड यस्ता छन् । 

 एक खेलमा सर्वाधिक रन 
हैदराबाद र मुम्बईले बनाएको योगफल आइपिएल इतिहासकै सर्वाधिक रह्यो । यो खेलले टी–२० फम्र्याटमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजले राखेको रेकर्डसमेत तोडेको छ । हैदराबाद र मुम्बईबीच समग्रमा पाँच सय २३ रन बन्यो । सन् २०२३ मा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलमा पाँच सय १७ रन बनेको थियो । हैदराबादले पहिलो ब्याटिङ गरी २० ओभरमा तीन विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो । यसअघि रोयल च्यालेन्जर्स बेंग्लोरले सन् २०१३ को आइपिएलमा पुने वारियर्सविरुद्ध २६३/५ को रेकर्ड राखेको थियो । असम्भव लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ४६ रन जोडेको थियो । आइपिएलको इतिहासमा लक्ष्य पछ्याउँदा मुम्बईले सर्वाधिक योगफल खडा गरेको छ । 

धेरै छक्का
मुम्बई र हैदराबादका ब्याट्सम्यानले छक्काको वर्षा नै गरे । समग्रमा यस खेलमा ३८ छक्का प्रहार भएको थियो । हैदराबादले १८ र मुम्बईका ब्याट्सम्यानले २० छक्का प्रहार गरेका थिए । यसअघि सन् २०१८ मा अफगानिस्तान प्रिमियर लिगमा ३७ छक्काको रेकर्ड थियो । हैदराबादका अभिषेक शर्मा र हेन्रिक क्लासेनले समान सात छक्का प्रहार गरेका थिए । मुम्बईका तिलक बर्माले ६ छक्का लगाए । रोहित शर्मा र टिम डेभिडले समान तीन छक्का प्रहार गरे । 

 टी–२० मा तेस्रो ठूलो योगफल
पुरुष टी–२० फम्र्याटमा सनराइजर्सले मुम्बईविरुद्ध खडा गरेको योगफल समग्रमा तेस्रो ठूलो हो । अन्तर्राष्ट्रिय टी–२० खेलमा नेपालले गत असोजमा चीनमा भएको १९औँ एसियन खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३१४–३ को विश्व रेकर्ड राखेको थियो । यसअघि सन् २०१९ मा अफगानिस्ताको आयरल्यान्डविरुद्ध २७८–३ को रेकर्ड थियो । भारतको भूमिमा हैदराबादले बनाएको योगफल दोस्रो ठूलो हो । 

 ३० मिनेटभित्रै रेकर्ड भंग
आइपिएलमा हैदराबादका कुनै पनि ब्याट्सम्यानले यसअघि २० बलअगाडि अर्धशतकीय इनिङ्स खेलेका थिएनन् । मुम्बईविरुद्धको प्रतिस्पर्धामा एक नभएर दुई खेलाडीले २० बलभित्रै अर्धशतकीय इनिङ्स खेले । सुरुमा टे«भिस हेडले १८ बलमा अर्धशतक बनाए । उनले नौ चौका र दुई छक्का प्रहार गरे । त्यसपछि आधा घण्टाभित्र नै उनको रेकर्ड भंग भयो । हैदराबादका अभिषेक शर्माले केवल १६ बलमै अर्धशतकीय इनिङ्स खेले । उनले आफ्नो विस्फोटक इनिङ्समा ६ छक्का र दुई चौका प्रहार गरेका थिए । हैदराबादका लागि डेभिड वार्नरले सन् २०१५ मा चेन्नई र सन् २०१७ मा कोलकाताविरुद्ध २० बलमा अर्धशतकको रेकर्ड राखेका थिए । 

 १० ओभरमा धेरै रन
हैदराबादले मुम्बईमाथि एकपछि अर्को रेकर्ड राख्यो । आइपिएलको इतिहासमा पहिलो १० ओभरमा धेरै रन जोड्ने टोली हैदराबाद भएको छ । हैदराबादले १० ओभरमा १४८–२ को प्रदर्शन गरेको थियो । यसै खेलमा मुम्बईले १० ओभरमा धेरै रन जोड्ने दोस्रो टोलीका रूपमा आफूलाई राख्यो । मुम्बईले १० ओभरमा १४१–२ को प्रदर्शन गरेको थियो । सन् २०२१ मा अबुधाबीमा भएको आइपिएलमा मुम्बईले हैदराबादविरुद्ध नै १३१–३ को स्कोर गरेको थियो । 

ad
ad