१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
टेकराज थामी काठमाडाैं
२०८० चैत १६ शुक्रबार ०६:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक वर्षमा प्रहरीमा ५९,०६१ मुद्दा

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० चैत १६ शुक्रबार ०६:००:००

मुलुकभर हुने अपराधमा सबैभन्दा धेरै हिस्सा बैंकिङ कसुरको रहेको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार वर्ष दिनयता मुलुकभर बैंकिङ कसुरका मात्रै १३ हजार दुई सय ७७ मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । यो मुलुकभर दर्ता भएका कुल मुद्दाको २२.४८ प्रतिशत हो ।

नेपाल प्रहरीले बिहीबार प्रहरी प्रधान कार्यालयमा संगठनको आइजिपी (प्रहरी महानिरीक्षक)मा वसन्तबहादुर कुँवर नियुक्त भएपछि वर्ष दिनयता मुलुकभर भएका अपराध घटनाका विवरण सार्वजनिक गरेको थियो ।

विवरणअनुसार यस अवधिमा मुलुकभर ५९ हजार ६१ वटा अपराधसँग सम्बन्धित मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । तथ्यांकअनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर पनि मुलुकभर हुनेमध्येका धेरै अपराध हुन् । 

तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले पछिल्लो वर्ष मुलुकभर सबैभन्दा धेरै बैंकिङ कसुरसँग सम्बन्धित अपराध हुने गरेको बताए । ‘हामीले मुलुकभर भएका अपराधका घटनालाई एकैठाउँ ल्याएर विश्लेषण गरेका छौँ । मुद्दा दर्ताका आधारबाट हेर्दा सबैभन्दा धेरै बैकिङ कसुरसँग सम्बन्धित अपराध भएको देखिन्छ । यसको हिस्सा झन्डै २३ प्रतिशत छ,’ उनले भने । 

तथ्यांकअनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर पनि मुलुकभर हुनेमध्येका धेरै अपराध हुन् । उक्त अवधिमा त्यस प्रकृतिका १० हजार आठ सय ६३ मुद्दा मुलुकभर दर्ता भए । यो कुल मुद्दाको १८.३९ प्रतिशत हो । त्यसपछि सबैभन्दा धेरै हुने अपराध आत्महत्यासँग सम्बन्धित छ । प्रहरी कार्यालयमा यी कसुरसँग सम्बन्धित सात हजार एक सय ९४ मुद्दा दर्ता भए । यो कुल अपराधको १२.१८ प्रतिशत हो । 

त्यस्तै, यस अवधिमा लागुऔषधका चार हजार दुई सय ८४, चोरीका तीन हजार सात सय २५, जबर्जस्ती करणीका दुई हजार चार सय ६८, ठगीका एक हजार ६ सय ६०, ज्यान मार्ने उद्योगका एक हजार ४५, बहुविवाहका सात सय २४ र अभद्र व्यवहारका पाँच सय ३५ मुद्दा दर्ता भए । यो कुल दर्ता मुद्दा संख्याको क्रमशः ७.२५ प्रतिशत, ६.३० प्रतिशत, ४.१७ प्रतिशत, २.८१ प्रतिशत, १.७६ प्रतिशत, १.२२ प्रतिशत र ०.९० प्रतिशत हो । 

बाँकी १३  हजार दुई सय ८६ मुद्दा भने अन्य अपराधसँग सम्बन्धित थिए । जसको हिस्सा कुल दर्ता मुद्दा संख्याको २२.४९ प्रतिशत छ ।