१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Tuesday, 18 June, 2024
नयाँ पत्रिका विराटनगर
२o८o चैत १५ बिहीबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आठौँ विराट गोल्डकप आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार o७:५३:oo

आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । डे–नाइटमा हुने गोल्डकपको उद्घाटन खेलमा भुटानको रोयल थिम्पुले पूर्वविजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ । गोल्डकपमा नेपाल, भारत र भुटानका गरी १० टोली सहभागी छन् ।

भारतबाट दुई, भुटानको एक र नेपालबाट सात टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । आयोजक विराट गोल्डकप ट्रस्टले बुधबार खेल तालिका सार्वजनिक गरेको छ । ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले गोल्डकपमा प्रयोग हुने फ्लड लाइटको सफलतापूर्वक परीक्षण भएको बताए । 

खेलका लागि चारवटा फ्लड लाइटको परीक्षण गरिएको हो । गत २९ माघबाट मैदान तयारीको काम सुरु भएको थियो । आयोजकले खेलाडीबाट कुनै गुनासो आउन नदिने गरी खेलमैदान तयार गरेको जनाएको छ । प्रतियोगितामा विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

उत्कृष्ट प्रशिक्षकलाई २१ हजार, उत्कृष्ट गोलरक्षकलाई २१ हजार, सर्वाधिक गोलकर्ताललाई २१ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने आयोजकले जनाएको छ । 

ad
ad
ad
ad