१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १४ बुधबार १६:२२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दाेहाेराे अंकले खुम्चियाे नेप्से 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १४ बुधबार १६:२२:००

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १०.८३ अ‌ंकले घटेर दुई हजार ३०.८६ को विन्दुमा कायम भएको हो।

आज तीन सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर ४४ हजार दुई सय ४९ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ बराबरको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह ०.९१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह १.७२ र व्यापार समूह १.६० प्रतिशतले घटेको छ।

आजको कारोबारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु. नौ करोड ७२ लाख २२ हजार तीन सय २० बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३० हजार एक सय ८२ बराबरको कारोबार भएको छ।