१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १४ बुधबार ०७:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इलाम २ मा लिम्बूसँग संवाद बढाउँदै रास्वपा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १४ बुधबार ०७:१४:००

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउन संवाद थालेको छ । स्रोतका अनुसार लिम्बूलाई उम्मेदवार बनाउने विषयमा सकारात्मक संवाद छ । इलाम २ मा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्दै प्रचार थालेका पूर्वपत्रकार लिम्बूसँग रास्वपाका नेताहरूले 

आफ्नो पार्टीको उम्मेदवार बनाउन संवाद थालेका हुन् । आकांक्षीबीच आन्तरिक छलफल गरेर शुक्रबार उम्मेदवारी टुंग्याउने रास्वपाको तयारी छ । 

मुकुल ढकाल, महामन्त्री, रास्वपा
योग्यता र कार्यक्षमताका आधारमा सार्वजनिक छवि भएको योग्य जोसुकै व्यक्ति हाम्रो उम्मेदवार बन्न सक्छन्, उहाँ (लिम्बू)सँग पनि संवाद भइरहेको छ । हामी शुक्रबार उम्मेदवार टुंग्याउँछौँ ।

रास्वपा महामन्त्री मुकुल ढकालले इलाम २ मा सम्भावित उम्मेदवारको रूपमा लिम्बूसँग पनि संवाद भइरहेको बताए । ‘योग्यता र कार्यक्षमताका आधारमा सार्वजनिक छवि भएको योग्य जोसुकै व्यक्ति पनि हाम्रो उम्मेदवार बन्न सक्छ, उहाँ (लिम्बू)सँग पनि संवाद भइरहेको छ,’ महामन्त्री ढकालले भने, ‘हामीले शुक्रबार उम्मेदवार टुंग्याउँछौँ ।’ 

रास्वपाबाट इच्छुक उम्मेदवार तीनजनाले पार्टीमा नाम दर्ता गराएको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनीहरूको नामसहित प्रारम्भिक सूची बुधबार सार्वजनिक गरिनेछ । त्यसपछि उम्मेदवारबीच छलफल गराउन उपसभापति स्वर्णिम वाग्ले बिहीबार इलाम पुग्नेछन् ।  

केन्द्रीय समितिले उम्मेदवारी टुंग्याएपछि शनिबार पार्टी सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सचेतक निशा डाँगीलगायत नेताहरू इलाम गएर अनुमोदन गर्नेछन् ।

पार्टी सचिवालय बैठकले १५ फागुनमा सहमहामन्त्री बुर्लाकोटीलाई इलाम २ को कमान्डर तोकेर पठाएको थियो भने ६ जना सांसद खटाएको थियो । रास्वपाले बझाङ प्रदेश सभा ‘१’ मा भने उम्मेदवार नउठाउने निर्णय गरेको छ । 

लिम्बूले रास्वपासँग संवाद भइरहेको बताए । ‘अहिलेसम्म छलफल भइरहेको छ । उम्मेदवार टुंग्याउने विषयमा छलफल जारी छ । जनतामा गइरहेको छु, रास्वपासँग सहकार्य गर्दा राम्रो हुन्छ भन्ने प्रतिक्रिया छ । त्यसकारण रास्वपासँग छलफलमा छु,’ उनले भने ।