मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १३ मंगलबार
  • Thursday, 19 December, 2024
शान्ति तामाङ काठमाडौं
२o८o चैत १३ मंगलबार २२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरक्षित पर्यटन प्रवर्धन गर्न महिला गाइडलाई रेस्क्यु तालिम

Read Time : < 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १३ मंगलबार २२:४९:oo

सुरक्षित पर्यटन प्रवर्धन गर्न महिला गाइडहरुलाई रेस्क्यूसम्बन्धि तालिम दिइएको छ। 
सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडहरुलाई सात दिने रेस्क्यू तालिम प्रदान गरेको हो । 

माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले बताए । 

नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको उक्त तालिम  काठमाडौंको जकडोल जंगलमा ७ चैतबाट सुरु भएर मंगलबार सम्पन्न भएको हो । तालिमका क्रममा भीर, खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभासभित्र पसेका व्यक्तिलाई सहज रुपमा उद्धार र सुरक्षित स्थानमा पुर्याउने सक्ने गरी अभ्यास गराइएको प्रशिक्षकहरुले बताएका छन् । 

पदयात्रा र आरोहणका क्रममा पर्यटकहरुको मृत्यु हुनेको संख्या वार्षिक रुपमा बढ्दै गएकाले नियन्त्रणका लागि यो तालिम फलदायी हुने भएकाले तालिम आयोजना गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावा फुटी शेर्पाले बताइन् । 

उनका अनुसार सीप र दक्षता बिनाको जनशक्तिले पर्यटन क्षेत्रमै नकरात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवश्यक छ । उद्धारसम्बन्धि २५ जना महिला गाइड सहभागी रहेको यो तालिम पहिलोपटक आयोजना गरिएको बताउँदै पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिं ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताए । 

‘सरकारले राखेको पर्यटन दशक (२०२३–२०३३) को उद्देश्य पूरा गर्नसमेत यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवश्यकता छ,’ ऐरले भने । ट्रेकिङ गाइड र आरोहीहरु मात्र सहभागी तालिममा सहभागिहरुलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्याउने आयोजकले जनाएको छ । हालसम्म नेपालमा दावा याङ्जुम शेर्पा मात्र महिला माउन्टेन गाइड छिन् ।