१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १० शनिबार ११:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाँजासहित एकजना प्रहरीको नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०८० चैत १० शनिबार ११:१३:००

बारा प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। गाँजाको कारोबार हुँदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका- १३ बस्ने मानबहादुर वाइबाको घरमा खानतलासी गर्दा गाँजासहित एकजनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजगढ नगरपालिका- १३ का २१ वर्षीय लालबहादुर वाइबालाई दुई सय १६ किलो गाँजासहित पक्राउ गरेको हो।

घरमा खानतलासी गर्दा प्रहरीले बिक्रीका लागि तयार पारिएको गाँजासहित दुई लाख सात हजार र गाँजा ओसारपसारमा प्रयोग भएको ना ३९ प २४५३ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

सवारीसहित नियन्त्रणमा लिइएका वाइबालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।