Skip This
भैरहवाबाट २७२ किलो गाँजा बरामद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ४ मंगलबार
  • Saturday, 27 July, 2024
२o८१ बैशाख ४ मंगलबार १६:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भैरहवाबाट २७२ किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ४ मंगलबार १६:४६:oo

सशस्त्र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको विशेष सूचनाको आधारमा भैरहवाबाट दुई सय ७२ किलो गाँजा बरामद भएको छ।

ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण, रुपन्देहीले मंगलबार बिहान सो गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले जानकारी दिए। युपी ७८ बिटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाएर ल्याएको गाँजा गणबाट खटिएको टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका– ४ बाट बरामद गरेको थापाले बताए।

कन्टेनरमा लुकाएर भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुलनजिकैबाट बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि प्रहरीलाई बुझाइने थापाले बताए। कन्टेनरको चालक सिटभन्दा माथिको फल्स बटमभित्र लुकाएको अवस्थामा गाँजा बरामद गरिएको थियो।

सशस्त्र प्रहरीले भारतको पन्जावस्थित लुधियाना जिल्ला नम्बर १० भावदीप सिंहनगर बस्ने चालक सतनाम सिंहलाई नियन्त्रणमा लिएको छ। चालकबाट एउटा नेपालको एनसेल र भारतीय एयरटेल कम्पनीको सिमसमेत बरामद भएको छ।