१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १० शनिबार ०७:०४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइपिएलको उद्घाटन खेलमा चेन्नई विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १० शनिबार ०७:०४:००

सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ। उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरू अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए। उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किंङ्ग्स विजयी भएको छ। चेन्नईले रोयल च्यालेन्जर बैंलोरलाई छ विकेटले पराजित गरेको छ।

एक सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। चेन्नईको जितमा ओपनरद्वय ऋतुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए। त्यसपछि आएका अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । त्यसैगरी, शिवम दुबेले ३४ र रवीन्द्र जडेजाले २५ रन बनाए। बैंलोरका लागि क्यामरुन ग्रिनले दुई तथा यश दयाल र कर्ण शर्माले एक /एक विकेट लिए ।  

टस जितेर पहिले ब्याटिङ गरेको बैंलोरले निर्धारित २० ओभरमा छ। विकेटको क्षतिमा एक सय ७३ रन बनायो। बैंलोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए। रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रिनले १८ रन बनाए। उसका लागि सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा दिनेश कात्तिक २८ रनमा अविजित रहे।  

चेन्नईका लागि मुस्तफिजुर रहमान एक्लैले चार विकेट लिँदा दीपक चहरले एक विकेट लिए। जारी प्रतियोगिताअन्तर्गत शनिबार दुईवटा खेल हुँदै छन्। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ भने राति ७:४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ।