१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ७ बुधबार १५:३७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

झिनो अंकले खुम्चियाे नेप्से, साढे तीन अर्बकाे काराेबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ७ बुधबार १५:३७:००

नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ३.३४ अंकले घटेर दुई हजार ६३.९५ को विन्दुमा कायम भएको हो।

विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता सेयर ६० हजार १६ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ। 

कारोबारमा ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ४७ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

लघुवित्त समूह २.५१, म्युचुअल फन्ड ०.७५ र व्यापार समूह ०.०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.४५ र अन्य समूह ०.६८ प्रतिशतले घटेको छ।

गोर्खाज् फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने  सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्य ९.३२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम– ३ को सेयर मूल्य ८.०८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु. १९ करोड ५२ लाख ९७ हजार एक सय ५१ बराबरको कारोबार भएको छ। 

कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको सात लाख ५२ हजार तीन सय २१ कित्ता सेयर किनबेच भएको छ।