Skip This
आगलागीमा परी घाइते महिलाको उपचारको क्रममा मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २६ बुधबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आगलागीमा परी घाइते महिलाको उपचारको क्रममा मृत्यु

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:१७:oo

 खाना पकाउने क्रममा आगलागीमा परी घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका–११ गेलुस्थित काउले डाँडागाउँकी ४२ वर्षीया साइलीमाया तामाङ रहेकी छिन् । बिहीबार घरमा खाना पकाउने क्रममा आगो शरिरमा सल्किदा गम्भीर घाइते भएकी साइलीमायाको घटनास्थलवाट उद्धार गरी मन्थली अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । 

आगलागीमा परेकी साइलीमायाको शरिरको धेरै भाग जलेको कारण जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारको लागि किर्तीपुर अस्पतालमा रिफर गरिएको थियो । उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिनेश थापाले जानकारी दिए ।

एकहप्ता अघि मन्थली नगरपालिका–९ पुरानागाउँमा पत्कर पोल्ने क्रममा एक वृद्धा पनि आगलागीमा परेकी थिइन । उनको उपचारको क्रममा किर्तीपुर अस्पतालमै  ज्यान गएको थियो । रामेछापमा पछिल्लो समय दैनिक आगलागीका घटनाहरु बढ्दै गएका छन् । आगलागीमा परेर दुईजनाले ज्यान गुमाएका हुन् ।  

ad
ad