१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अन्तर कलेज टी-२० क्रिकेटको उपाधि वीरगन्जको नेशनललाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २२:१७:oo

हेटौँडामा सम्पन्न भएको अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वीरगन्जको नेशनल इन्फोटेक कलेजले जितेको छ । 

मंगलबार भएको फाइनल भिडन्तमा हेटौँडाको हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसलाई चार विकेटले हराउँदै नेशनलले उपाधि जितेको हो । 

उपाधिसँगै विजेता नेशनल कलेजले नगद ५० रुपैयाँ प्राप्त गरेको छ भने उपविजेतामा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

हेटौँडा– ४ स्थित हुप्रचौरको क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० ओभरमा ६ विकेटको नोक्सानीमा एक सय २० रन बनाएको थियो । उसका लागि युविन बुढाथोकीले ४९, राजा अहमदले २२, विशाल फुयाँलले २२ रन बनाए । नेशनलका अरबाज अन्सारीले दुई विकेट लिए । 

जवाफी ब्याटिङको लागि मैदान उत्रेको नेशनलले १९.१ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । नेशनलका लागि मन्थन यादवले नटआउट ४३, राहुल महतोले १६ तथा एमडी सराफ अन्सारीले २३ रन बनाए । म्यानेजमेन्टका गुड्डु यादवले तीन तथा गौरभ श्रेष्ठले दुई विकेट लिए । 

प्रतियोगितामा नेशनलका मन्थन यादव फाइनल खेलको म्यान अफ द म्याच र प्रतियोगिताका म्यान अफ द सिरिज घोषित भए । यस्तै, हेटौँडा स्कूल अफ म्यानेजमेन्टका युविन बुढाथोकी बेष्ट ब्याटर घोषित भए ।

हेटौँडा, चितवन, बारा र पर्साका गरी ६ टोलीको सहभागिता रहेको प्रतियोगताको विजेता तथा उपविजेता र सर्वोत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, आयोजक हेटौँडा जेसिजका अध्यक्ष विकेशलाल श्रेष्ठ र कार्यक्रम संयोजक सुमन अर्यालले पुरस्कार वितरण गरेका थिए ।

ad
ad