मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २९ मंगलबार २१:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिमा विवाद गहिरिँदै

सरकारमा सहभागिता र प्रधानमन्त्रीलाई दिने विश्वासको मतलाई लिएर एकैदिन आए दुई फरक निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार २१:३३:oo

नयाँ सत्तागठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवाद गहिरिँदै गएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थनको विषयले पार्टीमा विवाद गहिरिएको हो। 

आज पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीलाई भोलि प्रतिनिधिसभामा विश्वासको मत दिन पार्टीका सांसदलाई ह्विप जारी गरेकी छिन्। 

आज बसेको संसदीय दलको बैठकको निर्णयबमोजिम भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न दलकी अध्यक्ष श्रेष्ठले निर्देशन जारी गरेकी हुन्। प्रतिनिधिसभामा उन्मुक्ति पार्टीका चार सांसद छन्। 
तर, आजै सो पार्टीका जेष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समितिका संयोजक दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नदिने निर्णय भएको सार्वजनिक गरेका छन्। 

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको संस्थापक केन्द्रीय सदस्यहरूको दुईतिहाइ बहुमतको निर्णय भन्दै पण्डितले त्यस्तो विज्ञप्ति जारी गरेका हुन्। सोही बैठकले प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निर्णय गरेको पनि उनले जनाएका छन्। 

केन्द्रमा गठबन्धन परिवर्तन भएलगत्तै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र पार्टी नेता रेशम चौधरीबीचको मतभिन्नता सार्वजनिक भएको थियो। कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारलाई समर्थन गर्न नहुने निष्कर्षमा अध्यक्ष पुगेकी छिन् भने चौधरीको निर्देशनमा नागरिक उन्मुक्तिका पाँच सांसदले प्रदेशमा मन्त्रीको शपथग्रहण गरिसकेका छन्।