१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिवरात्रिमा लमजुङको ईशानेश्वर मन्दिरबाट २५ लाख भेटी संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:o७:oo

लमजुङको मध्यनेपाल नगरपालिका– ७ को ईशानेश्वर मन्दिरमा महाशिवरात्रिका दिन २५ लाखभन्दा बढी भेटी संकलन भएको छ। पूजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी एवं व्यवस्थापन शुल्कबाट २५ लाख रुपैयाँ बढी संकलन भएको हो।

ईशानेश्वरमा यस वर्ष ५४० दम्पतीले ठाडो बत्ती बालेका थिए। सोबाहेक बत्ती बाल्नेका लागि तीन सय रुपैयाँ र व्रतबन्धका लागि एक हजार रुपैयाँ शुल्क कायम गरिएको थियो। मन्दिरमा ठाडो बत्ती बाल्ने, बसेर बत्ती बाल्ने, व्रतबन्ध गराउने र अन्य स्वेच्छिक दानबाट २५ लाख रुपैयाँ बढी रकम संकलन भएको ईशानेश्वर मन्दिर क्षेत्र विकास समितिले जनाएको छ।

मन्दिरमा ठाडो बत्ती बाल्नका लागि सशुल्क ठाउँ व्यवस्थापन गरिएको थियो भने टिकट शुल्क पाँच सय रुपैयाँ कायम गरिएको थियो। पशुपतिनाथपछिको धेरै भिड लाग्ने धार्मिकस्थलका रूपमा परिचित ईशानेश्वरमा शिवरात्रिका दिन हजारौँ भक्तजनको घुइँचो लागेको थियो।

शिवरात्रिको अवसरमा करापुटारमा हरेक वर्ष दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ। करापुटारमा शिवरात्रिको अवसरमा २० गतेदेखि महोत्सव सञ्चालन भइरहेको छ। महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ।

परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, प्रवर्द्धनको लागि ‘करापुटार धार्मिक तथा सांस्कृतिक महोत्सव–२०८०’ ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले आयोजना गरेको हो।

ad
ad