![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/3-t2024-03-11-12-07-28.gif)
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल (युसिएमएस) भैरहवाले थ्री टेस्ला एमआरआई सेवा सुरु गरेको छ ।करिब १८ करोड लगानी स्थापना गरेको एमआरआई सेवाको आइतबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री खनालले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपमा नयाँ आयाम थपिँदै गएको बताए ।
अस्पतालले लुम्बिनी प्रदेशमा नै पहिलोपटक थ्री टेस्ला एमआरआई सेवा सुचारु गरेको युसिएमएसका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालको भनाइ छ । युसिएमएसले सरकारी अस्पतालसरह सेवासुविधा प्रदान गर्दै आएको निर्देशक अर्यालले बताए । उनले युसिएमएसमा जनशक्ति र उच्च गुणस्तरको प्रविधि भएका कारण उपचारका लागि बाहिर जानुनपर्ने बताए । सेवा सुचारु भएसँगै बिरामीले अब सहज रूपमा सेवा पाउने साथै थप समय र पैसा खर्च गरेर टाढा जानुपर्ने बाध्यता अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले युसिएमएसले आमनागरिकले विश्वास गर्ने गरी प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. सदन मुखीले अस्पतालले सुचारु गरेको थ्री टेस्ला एमआरआईमा विकिरणको जोखिम नभएको र विश्वप्रसिद्ध अत्याधुनिक नयाँ मेसिन भएको दाबी गरे ।