१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सद्भावको अग्रता यथावत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२६:oo

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको पाँचौँ सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन बुधबार तीन स्ट्रोकको अग्रता निकालेका छन् । उनको शीर्ष स्थान कायमै रहेको छ । रोयल नेपाल गल्फ क्लबमा प्रतियोगिताको साबिक विजेतासमेत रहेका युवा गल्फर सद्भावले समग्रमा ७ अन्डर १९७ स्कोर गरेका छन् । 

उनले पूर्व नम्बर एक गल्फर रवि खड्कालाई तीन स्ट्रोकले पछि पारेका छन् । रवि समग्रमा ४ अन्डर २०० स्कोरका साथ दोस्रो स्थानमा उक्लिएका छन् । भुवन नगरकोटीले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा ५ अन्डर ६३ स्कोर गरे । भुवनले समग्रमा ३ अन्डर २०१ स्कोर गरेका छन् । उनी तेस्रो स्थानमा उक्लिए । धनबहादुर थापाले तेस्रो दिन इभन पार ६८ स्कोर गरेका थिए ।

उनले खेल सकाउँदा समग्रमा २ अन्डर २०२ स्कोर गरे । भेट्रान प्रोफेसनल गल्फर दीपक मगरले समग्रमा इभन–पार २०४ स्कोर गरी पाँचौँ स्थान रक्षा गरेका छन् । २ ओभर २०६ सहित सञ्जय लामा छैटौँ स्थानमा छन् । उपाधि रक्षा गर्ने अभियानमा रहेका सद्भावले पहिलो होलमा नै बोगी खेपे । तर, उनले उत्कृष्ट पुनरागमन गर्दै  दोस्रो होलमा बर्डी र ५ पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे ।

ad
ad