एकीकृत समाजवादीका मन्त्री नआइपुगेकाले नवनियुक्त मन्त्रीहरूको शपथमा ढिलाइ भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज अपराह्न भएको छलफलपछि एकीकृत समाजवादी सरकारमा सहभागी हुने निर्णयमा पुगेको हो।
समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन्। सरकारमा सहभागी हुने निर्णय गरेर मन्त्री बन्नेहरूलाई खबर गर्दा ढिलाइ भएका कारण समाजवादीका एक मन्त्री शीतलनिवास पुग्न ढिलाइ भएको हो।
रास्वपाबाट श्रममन्त्री बनेका डिपी अर्यालले शितलनिवासबाट मोबाइल फोनमा भने, ‘माधव नेपालको पार्टीका एकजना आइसक्नुभयो, एकजना आउँदै हुनुहुन्छ, त्यसैले केही ढिला भएको हो।’