१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रमेश रावल सुर्खेत
२०८० फाल्गुण २० आइतबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होटेलको छतबाट खसेर मृत्यु

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०८० फाल्गुण २० आइतबार १४:४२:००

सुर्खेतमा होटेलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख नौमुले गाउँपालिका– ८ चौराठाका ५१ वर्षीय दीप चन्द छन्। 

वीरेन्द्रनगर नगरपालिका– ६ गोदामलाइनमा रहेको नौलो होटेलको छतबाट खसेर चन्दको मृत्यु भएको हो। उनी आफैँ खसेका हुन् वा कसैले खसाएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

बिहान मृत अवस्थामा भेटिएकाले उनी राति खसेको अनुमान गरिएको छ। गएराति छतबाट खसेको जानकारीपछि घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताए।

चन्दको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतको कालागाउँमा राखिएको छ।