१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बंगलादेशका राजदूतले भेटे उपराष्ट्रपति यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o१:oo

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति यादवले हालका वर्षहरूका दुई देशबीचको व्यापार बढ्दै गएको उल्लेख गर्दै थप विस्तार र विविधीकरणमा जोड दिएका छन् ।

भेटमा उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् क्षमता र बंगलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशबीच ऊर्जा सहयोग अभिवृद्धि गर्ने अवसर उपलब्ध भएको बताए । उपराष्ट्रपतिको सचिवालयद्वारा जारी नोटमा भनिएको छ– बंगलादेश सरकारले हालै (६ डिसेम्बर २०२३ मा ) भारतको पावर ग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न स्वीकृत गरेकोमा हामी खुसी छौँ ।

ऊर्जा क्षेत्रमा बंगलादेशको लगानीलाई नेपालले स्वागत गरेको बताउँदै उपराष्ट्रपति यादवले नेपालको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट बिजुली आयात गर्न बंगलादेश र भारतको जिएमआरबीच भइरहेको वार्ता र सुनकोशी–३ आयोजनामा संयुक्त लगानीसम्बन्धी बंगलादेशको प्रस्ताव उत्साहजनक रहेको पनि बताए । 

राजदूत चौधरीले नेपाल र बंगलादेशबीचको सम्बन्ध व्यापार, पर्यटन, शिक्षा र ऊर्जालगायत आयामहरूमा आधारित रहेको उल्लेख गरे । उनले हरेक वर्ष तीस हजार बंगलादेशी पर्यटक नेपाल आउने गरेको पनि उल्लेख गरे । बंगलादेशले नेपाली विद्यार्थीका लागि चिकित्साशास्त्रलगायतका विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको राजदूत चौधरीले उल्लेख गरे । 

ad
ad