१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बर्दियाको ठाकुरबाबामा आगलागी, एकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:४४:oo

ठाकुरबाबा नगरपालिका- ४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । गोठ र परालको टौवामा गएराति आगलागी भएको थियो । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लछीराम जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजेतिर लछीराम जैसीको पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ ।

आगलागी भएपश्चात् स्थानीयले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । पछि नेपाल प्रहरी, नगर प्रहरीले ट्याक्टरमा जडित पानीट्यांकरबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । मधुवन नगरपालिकाकाे दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीले राति ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।

ठाकुरबाबा नगरपालिकामा दमकल नहुँदा आगलागीबाट ठूलो धनजनको क्षति भएको स्थानीयले बताएका छन् । उनीहरूले तत्काल दमकल खरिद गर्न माग गरेका छन् । ठाकुबाबा नगपालिकाका मेयर तिलकराम लम्सालले दमकल ल्याउने प्रक्रिया अब सुरु गरिने बताए ।

ad
ad