![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/netherland2024-02-28-12-02-45.gif)
टी–२० आई त्रिकोणीय शृंखलाको दोस्रो म्याचमा अहिले नेपाल र नेदरल्यान्ड्स भिडिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि नेदरल्यान्ड्स ब्याटिङ गरिरहेको छ ।
शृंखलामा पहिलो म्याच खेलिरहेको नेदरल्यान्ड्सले नेपालविरुद्ध आक्रामक सुरुवात गरेको छ । पाँच ओभरको खेल सकिँदा उसले एक विकेटको क्षतिमा ५५ रन बनाएको छ ।
नेदरल्यान्ड्सले २७ बलमै ५० रन पूरा गरेको थियो । नेपाली बलरहरू करण केसी, सोमपाल कामी र ललित राजभण्डारीलाई नेदरल्यान्ड्सका ब्याटरले चौका र छक्का प्रहार गरेर तीव्र गतिमा रन जोडिरहेका छन् ।
नेदरल्यान्ड्सको एक विकेट करणले लिएका हुन् । उनले ओपनर म्याक्स ओ डाउडलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए । नेदरल्यान्ड्सले २.१ ओभरमा १५ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।
शृंखलाको पहिलो म्याचमा हिजो नामिबियासँग पराजित भएको नेपाल आज स्पष्ट जितको खोजीमा छ ।