१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्ड
रासस कायरो
२o८१ जेठ ३ बिहीबार १८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गाजा युद्धविराममा भिटो लगाएकोमा अरब मुलुकहरूद्वारा अमेरिकाको निन्दा

Read Time : < 1 मिनेट
रासस, कायरो
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:३९:oo

दक्षिणी गाजा सहर राफामा इजराइली आक्रमणको आशंकाबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय संकट गहिरिन सक्ने चिन्ता बढेका वेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अर्को प्रस्तावमा भिटो लगाएकामा अरब मुलुकहरूले अमेरिकाको निन्दा गरेका छन्।

मंगलबार न्युयोर्कमा आयोजित राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन सत्रमा अल्जेरियाले अरब मुलुकहरूका तर्फबाट पेस गरेको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यबीच १३ मत प्राप्त भएको छ। अमेरिकाले उक्त प्रस्तावविरुद्ध मतदान गर्‍यो भने बेलायत अनुपस्थित थियो।

ad
ad