१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर नर्सरी व्यवसाय सञ्चालन गरिरहेकी कोहलपुर नगरपालिका– ३ मैटहवाकी राजरानी थारू ।
२०८० फाल्गुण ५ शनिबार ११:३३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

युनिक नेपाल लघुवित्त : एक हजारबाट सुरु गरेको नर्सरी अहिले भयोे करोडको

Read Time : > 2 मिनेट
२०८० फाल्गुण ५ शनिबार ११:३३:००

कोहलपुर नगरपालिका– ३ मैटहवाकी राजरानी थारू नर्सरी व्यवसाय गर्छिन् । भएको सात कट्ठा जमिन पनि बन्धकी राखेर सौतेली दिदीको उपचारमा सकिएपछि उनको परिवारको बिचल्ली भएकै वेला उनले कोहलपुरस्थित एक एग्रोभेटबाट पाँच सय रुपैयाँमा लौका, फर्सी, काँक्रा, करेला र घिरौँलाको बिउ किनिन् । त्यससँगै उनले पाँच सय रुपैयाँमा मलिलो माटो र पोलीव्याग खरिद गरिन् ।

बिउबाट उनले घरमै तरकारीका दुई हजार बेर्ना उत्पादन गरी प्रतिबिरुवा तीन रुपैयाँका दरले बिक्री गरेको उनले बताइन् । एक हजार रुपैयाँमा उत्पादन गरेको तरकारीको बेर्नाबाट उनले ६ हजार आम्दानी गरिन् । ‘थोरै लगानीबाट सोचेभन्दा धेरै आम्दानी भएपछि हौसला बढ्यो,’ उनले भनिन् । 

तरकारीको बेर्ना उत्पादनसँगै आफ्नो करेसाबारीमा प्लास्टिकमा बिरुवा उत्पादन गरेको उनले सुनाइन् । त्यहीवेला कोहलपुरस्थित एक जंगलमा झाडी फँडानी भइरहेको थियो । इलाका वन कार्यालयका कर्मचारी प्लास्टिकको बिरुवा खोज्दै उनीकहाँ पुगे र प्लास्टिकका थप बिरुवा माग गरे । तर, उनले रकम नभएकाले आफूले थप बिरुवा उत्पादन गर्न नसक्ने बताइन् । ‘मेरो कुरा सुनिसकेपछि वन कार्यालयका कर्मचारीले २० हजार रुपैयाँ दिन्छौँ, हाम्रा लागि एक लाख बिरुवा उत्पादन गरिदिनुपर्‍यो भन्नुभयो,’ उनले भनिन्, ‘उहाँहरूले दिएको रकमबाट एक लाख बिरुवा उत्पादन गर्‍यौँ र प्रतिबिरुवा एक रुपैयाँका दरले बिक्री गर्‍यौँ । यसले व्यवसायलाई थप मद्दत पुग्यो ।’

थारूले कोहलपुरमा दिपेश नर्सरी सञ्चालनमा ल्याएकी छिन् । उनको नर्सरीमा अहिले खोजेको र रोजेको फलफूल र रुखका बिरुवा किन्न पाइन्छ । उनले कोहलपुरस्थित तरकारी बजारमा बिक्री केन्द्र राखेकी छिन् । ‘एक हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले एक करोडको पुगेको छ,’ उनले भनिन्, ‘हाम्रो नर्सरीमा उत्पादन भएको फलफूल र बोटबिरुवा देशको ५४–५५ जिल्लामा जान्छ ।’

थारूका अनुसार उनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबाट सुरुमा १० हजार रुपैयाँ ऋण लिइन् । उक्त ऋण चुक्ता गरेपछि २० हजार लिने आँट गरिन् । अहिले उनले सात लाख रुपैयाँ ऋण लिएर मासिक २५ हजार बुझाउँछिन् । ‘महिनामा सरदर दुई लाख रुपैयाँ नाफा हुन्छ । यहीँबाट कमाएर म्याक्सिमा अटो, मोटरसाइकल, टनेल, पोली हाउस टनेल बनायौँ । दिदीको उपचारमा ३० लाख खर्च भयो, त्यो पनि नर्सरी व्यवसायबाट कमाएको पैसा हो,’ उनले भनिन् । उनलाई पति रामदयाल थारूले साथ दिन्छन् । उनले धनगढीमा पाँच लाख र कोहलपुरमा साढे दुई लाख रुपैयाँको चाइनिज दुबो लगाउने योजना रहेको बताइन् । ‘चाइनिज दुबो आउँदै छ । दुई ठाउँमा काम सकियो भने दुई लाखजति नाफा हुन्छ होला,’ राजरानीले सुनाइन् । 

पहिलेको भन्दा नर्सरी उत्पादकको संख्या बढे पनि बिक्रीमा कमी नआएको उनको भनाइ छ । नर्सरी उत्पादकको संख्या बढे पनि बिक्री घटेको छैन,’ उनले भनिन्, ‘बजारीकरण गर्न जानुपर्दैन ग्राहक आफैँ खोज्दै आउँछन् ।’

डा. गोपाल दहित कार्यकारी निर्देशक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. 
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त कार्यक्रमको माध्यमद्वारा गरिबी न्यूनीकरण गर्न २१ वर्षअघि स्थापना भएको हो । यो संस्थाले कर्जा, बचत, रेमिट, लघुकर्जा बिमा र क्षमता विकाससम्बन्धी तालिम दिँदै आएको छ । पश्चिम नेपालको १० जिल्लामा कार्यक्रम सञ्चालन गरेको हाम्रो संस्थाले करिब ९० हजार सदस्यलाई लघुवित्त सेवाबाट प्रत्यक्ष लाभान्वित गराएको छ । 

विपन्न तथा सीमान्तकृत परिवारको आर्थिक तथा सामाजिक उत्थानमा सहजीकरण गर्दै जीवनस्तर सुधार गरी समृद्ध समाज निर्माणमा टेवा पुर्‍याउने मुख्य ध्येय बोकेको यो संस्थाले वित्तीय सेवा विस्तार र सामाजिक सचेतना अभिवृद्धि गरी रोजगारी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रमुख लक्ष्य रहेको छ । 

कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपमा सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवं उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोत जुटाएर देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पुर्‍याउने उद्देश्य लिएको छ । 

०८० साल कात्तिक मसान्तसम्म तीन अर्ब ६७ करोड सात लाख रुपैयाँ कर्जा लगानी रहेको छ । ३० पुस ०७८ मा युनिक लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज गरी एकीकृत सेवा सुरु गरिएपछि अधिकृत पुँजी १० करोडबाट बढेर २० करोड, चुक्ता पुँजी १४ करोड ८५ लाख पुगेको छ । 

यो संस्थामा गत आर्थिक वर्षको अन्त्यसम्म खुद अवितरित मुनाफा १५ करोड २६ लाख रहेको छ । कुल ९० हजार सदस्य रहेको यो संस्थामा ४५ हजारले कर्जा लिएका छन् भने यसका सदस्यले दुई अर्ब ५० करोड ८० लाख रुपैयाँ बचत गरेका छन् ।