मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Sunday, 08 December, 2024
रासस नयाँदिल्ली
२o८o फाल्गुण ४ शुक्रबार १५:४२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा चुनावअघि कर विभागद्वारा विपक्षी दलको रकम रोक्का

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार १५:४२:oo

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैंक खाता रोक्का गरेको जनाएको छ।

कंग्रेस प्रवक्ता अजय माकनले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ।’

माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८–०१९ का लागि आयकर दाखिला गरेको दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलरबराबर)को भुक्तानी माग गरेको थियो।

पार्टीले त्यस्तो जरिवाना रकम तिर्न कुनै कदम नचालेको भन्दै चुनावअघि नै पार्टीलाई किनारा लगाउने उद्देश्यले यस्तो कदम चालेको उनले दाबी गरे। माकनले भने, ‘राष्ट्रिय चुनावको घोषणा हुनुभन्दा दुई हप्ताअघि नै प्रमुख प्रतिपक्षी दलको खाता रोक्का गरिएको छ। के तपाईंलाई लाग्छ कि हाम्रो देशमा लोकतन्त्र जीवित छ ?’

आलोचक र अधिकारवादी समूहहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गर्न कानुन प्रवर्तन एजेन्सीहरूको प्रयोग गरेको आरोप लगाएका छन्।

भारतीय राजनीतिमा दशकौँदेखि प्रभुत्व जमाएका कंग्रेस नेता राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानिको अभियोगमा दोषी ठहर गरिएको थियो।

उनको दुई वर्षको जेल सजायले उनलाई उच्च अदालतले फैसला निलम्बन नगरेसम्म केही समयका लागि संसदबाट अयोग्य घोषित गरेको थियो। निलम्बनले विश्वको सबैभन्दा बढी जनसंख्या भएको प्रजातान्त्रिक मुलुकको लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्नचिह्न खडा गरेको थियो। यद्यपि, अदालतको विपक्षी नेताको पक्षमा देखिएको फैसलापछि उक्त आरोप स्वतः निष्प्रभावी भएको छ।