मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ३ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण ३ बिहीबार ११:४८:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनिद्राबाट बच्ने प्राकृतिक उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण ३ बिहीबार ११:४८:oo

जीवनशैली, खराब खानपान, तनावलगायत विभिन्न कारणले मानिस निदाउन सकिरहेको हुँदैन । निदाउन गाह्रो हुने, अनिदो रहने वा सुत्ने वातावरण भए पनि चैनको निद्रा नलाग्ने अनुभव भएमा त्यसको उपचार खोज्नुपर्छ । अनिद्रा दुई प्रकारका हुन्छन्– प्राइमरी इन्सोम्निया र सेकेन्डरी इन्सोम्निया । प्राइमरी इन्सोम्निया भएकाहरूमा मनोचिकित्सकीय वा वातावरणीय कारण (लागुपदार्थको दुरुपयोग वा औषधि) विना नै अनिद्रा उत्पन्न हुन्छ । चिकित्सकीय रोग, मानसिक तनाव वा अन्य कारणले अनिद्राको लक्षणहरू देखिएमा त्यसलाई सेकेन्डरी इन्सोम्निया मानिन्छ । 

अनिद्राका कारण 

- तनाव वा चिन्ताको उच्चस्तरले आराम गर्ने र निदाउने क्षमतामा ह्रास ल्याउन सक्छ । 

- अस्थिर विचार र चिन्ताले समेत दिमागलाई सक्रिय राख्छ र निद्रा नलाग्ने अवस्था सिर्जना हुन सक्छ ।

- डिप्रेसनले पनि निद्राको ढाँचामा परिवर्तन ल्याउँछ । यसको अलावा अनिद्राले डिप्रेसनको विभिन्नखाले लक्षणको विकास वा वृद्धिमा पनि सहयोग गर्छ । 

- अनियमित निद्राको तालिका, अव्यवस्थित सुत्ने समय, र असहज वातावरणमा सुत्ने बानीले पनि इन्सोम्निया हुन सक्छ । 

- पुरानो खाले दुखाइ, आरथ्राइथिस, दम, ग्यास्ट्रोइंटेस्टाइनल समस्या र न्युरोलोजिकल डिसअर्डरजस्ता चिकित्सकीय अवस्थाहरूले निद्रामा बाधा पुर्‍याई इन्सोम्नियाको कारण बन्न सक्छन् । 

- केही औषधिहरू, जस्तै एन्टिडिप्रेसेन्ट, एन्टिहाइपरटेन्सिभ र कोर्टिकोस्टेरोइडले समेत निद्रामा अवरोध सिर्जना गरी साइड इफेक्टको रूपमा अनिद्राको जोखिम बढाउन सक्छ । 

- विशेष गरी सुत्ने समयको आसपासमा क्याफिन वा निकोटिनजस्ता स्टिमुलेन्ट पदार्थको सेवन गर्दा पनि निद्रामा बाधा पुग्न सक्छ र अनिद्रा उत्पन्न हुन्छ । 

- सुरुवाती समयमा मदिराजन्य सामग्रीको सेवनले निद्रा उत्प्रेरित गर्न सक्छ । तर, बिस्तारै यसले निद्राको चक्रलाई बाधा पुर्‍याएर ब्रोकन वा लेस रिस्टोरेटिभ स्लिप निम्त्याउन सक्छ । 

- रात्रिकालीन समयमा काम गर्नेहरूमा अनियमित कार्य तालिकाको कारणले शरीरको प्राकृतिक सर्काडियन प्याट्रनमा बाधा पुग्न सक्छ, जसले गर्दा निद्रा लाग्न गाह्रो हुन्छ । 

- हर्मोनल उतार–चढावले पनि कहिलेकाहीँ निद्रामा असर गर्न सक्छ । उमेरले पनि फरक पार्छ, जस्तो मध्यउमेर र वृद्ध व्यक्तिहरूमा इन्सोम्नियाको जोखिम देखिन्छ । 

- उमेरसँगै बढ्ने शारीरिक समस्याका कारणले पनि राम्रोसँग सुत्न गाह्रो हुने गरेको पाइन्छ । पुरुषको तुलनामा महिलामा निद्रा नलाग्ने सम्भावना बढी हुन्छ ।

व्यवस्थापनका उपाय 
- इन्सोम्नियाको उपचारमा अन्तर्निहित कारणलाई सम्बोधन गर्दै जीवनशैलीजन्य परिवर्तन गर्न आवश्यक हुन्छ । इन्सोम्नियाका लागि कग्नेटिभ बिहेभियर थेरापी संज्ञानात्मक व्यवहारजन्य चित्सिकाजस्ता व्यावहारिक उपचारहरू प्रभावकारी हुन्छन् । 

- केही अवस्थामा औषधिहरू पनि सिफारिस गर्न सकिन्छ, तर यी भनेका सामान्यतया छोटो अवधिको समाधान लागि मात्रै हुन् । 

- निद्रामा बाधा पुर्‍याउने दृष्टिकोण र विश्वासलाई परिवर्तन गर्न रिल्याक्सेसन ट्रेनिङ, दिमाग र शरीरलाई आराम पुग्ने गरी विश्राम लिने स्लिप हाइजिनसम्बन्धी ट्रेनिङ, स्लिप रेस्ट्रिक्सन, स्टिमुलस कन्ट्रोललगायत उपाय अवलम्बन गर्न सकिन्छ । यसका साथसाथै, आहारपूरक हर्बल पदार्थहरूजस्तै नोनी, बार्ली, ओमेगा, जिन्सिङ, अश्वागन्धा पनि प्रयोग गर्न सकिन्छ । 

- एकैखाले सुत्ने समयको तालिका मिलाउने, आरामदायी निद्राको वातावरण बनाउने, सुत्नुअघिको स्क्रिन समयलाई सीमित गर्ने, क्याफिन, निकोटिनजस्ता स्टिमुलेन्टहरूको सेवन कम गर्ने, नियमित व्यायाम गर्ने, लाइट एक्सपोजरलाई नियन्त्रण गर्ने, छोटो समयको निद्रा (न्याप) लाई सीमित गर्ने, हर्बल चिया (क्यामोमाइल चिया) र आहारपूरक पदार्थ सेवन गर्ने, शिरोधाराजस्तो प्राकृतिक थेरापीको प्रयोग गर्नेलगायत विधिहरू अपनाउन सकिन्छ । 

- यदि लगातार निद्रामा कठिनाइ अनुभव भएको छ भने यसको अन्तर्निहित कारण निर्धारण गरी उपयुक्त उपचार योजना विकास गर्नु आवश्यक हुन्छ । यसका लागि स्वास्थ्यकर्मी वा प्राकृतिक चिकित्सकसँग परामर्श गर्नु महत्वपूर्ण हुन्छ ।