१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १ मंगलबार १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिलायबल नेपालले १६ प्रतिशत बोनस सेयर दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १ मंगलबार १o:३३:oo

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर तथा ०.८४ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सातौँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभाले नियमित एजेन्डा तथा सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन पारित गरेको छ । 

त्यस्तै, सभाले आर्थिक वर्ष ०७९÷८० को सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडसहितका एकीकृत वित्तीय विवरणहरू, लेखापरीक्षकको नियुक्तिका साथै सेयरधनी बोनस सेयर तथा नगद लाभांश पारित गर्ने, पुँजी वृद्धि गर्ने र प्रबन्धपत्रका सम्बद्ध दफा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको जनाएको छ । 

सभाबाट कम्पनीमा पहिलोपटक सर्वसाधारण सेयरधनीका तर्फबाट डा. भीष्म कार्की, दिवेश लोहनी चयन भएका छन् ।  
यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।