१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १ मंगलबार
  • Wednesday, 26 June, 2024
२o८o फाल्गुण १ मंगलबार १o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खैरो हिरोइन र नगदसहित युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १ मंगलबार १o:o२:oo

सिराहाको मिर्चैयाबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र नगदसहित एक युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका– २ मल्हनियाका करिब १९ वर्षीय विष्णुकुमार साहलाई सोमबार दिउँसो खैरो हिरोइन र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार गोप्य सूचनाको आधारमा मिर्चैया प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो । 

मल्हनिया पुगेको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा लागुऔषध (खैरो हिरोइन) जस्तै देखिने प्लास्टिकसहित गिलो अवस्थामा रहेको ४.४३ ग्राम, चार हजार नौ सय रुपैयाँ नगद, एक थान एन्ड्रोइड मोबाइल र एक थान डिजिटल तराजुसमेत बरामद गरिएको उनले बताए । साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

ad
ad
ad
ad