१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

हेमन्त धामीलाई दोस्रो सफलता, क्यानडाले गुमायो छैटौँ विकेट

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:४३:oo

एकदिवसीय बाइल्याट्रल सिरिजको अन्तिम खेलमा क्यानडाले छैटौँ विकेट गुमाएको छ । टस जितेर फिल्डिङ गरिरहेको नेपाललाई सफलता दिलाउने क्रममा हेमन्त धामीले क्यानडाको छैटौँ तथा व्यक्तिगत दोस्रो विकेट लिए । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेलमैदानमा डेब्यु खेलमै हेमन्त दोस्रो विकेट लिन सफल भएका हुन् । उनले २९ बलमा २५ रन बनाएका क्यानडाका विकेटकिपर ब्याटर श्रेयश मोभालाई कुशल भुर्तेलको हातबाट क्याच गराए । श्रेयशको विकेट गुमाउँदा क्यानडाले ४५.४ ओभरमा एक सय ८६ रन बनाएको छ । 

त्यसअघि कुशल मल्लले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा क्यानडाको पाँचौँ विकेट लिएका थिए । उनले हर्ष थाकेलाई कुशलकाे एलबिडब्लू धरापमा पारेका थिए । ५७ बलको सामना गरेका हर्षले दुई चौकाको मद्दतमा २७ रन बनाए । 

त्यसअघि हेमन्त धामी, आकाश चन्द र ललित राजभण्डारीले एक–एक विकेट लिइसकेका छन् ।

ad
ad