बिहीबारदेखि मेलबर्नमा सुरु भएको भारत र अस्ट्रेलियाबिचको चौथो टेस्ट खेलमा अस्ट्रेलियन खेलाडी साम कोन्सटासले डेब्यु खेलमा सानदार प्रदर्शन गरेका छन्। ओपनिङमा आएका उनले ६५ बलमा ६० रन बनाए।
खेलमा उनको अर्धशतकभन्दा उत्कृष्ट फर्ममा रहेका भारतीय बलर जसप्रित बुमराहविरुद्धको आक्रामक ब्याटिङको क्रिकेट विश्लेषकहरूले प्रशंसा गरिरहेका छन्। टेस्टबलरको वरीयतामा पहिलो स्थानमा रहेका बुमराहविरुद्ध उत्कृष्ट ब्याट्सम्यानहरूले समेत संघर्ष गरिरहेका वेला उनले आक्रामक ब्याटिङ गरेका थिए । कतिसम्म भने बुमराहकै एकै ओभरमा उनले एक छक्कासहित १८ रन बनाए।
पछिल्लो चार वर्षयता टेस्ट खेलमा बुमराहको बलिङमा कसैले छक्का हान्न सकेका थिए । पछिल्लोपटक २०२१ मा अस्ट्रेलियाकै क्यामरुन ग्रिनले बुमराहविरुद्ध टेस्ट खेलमा छक्का हानेका थिए ।
त्यसयता बुमराहले टेस्ट क्रिकेटका विभिन्न खेलमा ७४७ ओभर बलिङ गर्दा पनि कसैले छक्का प्रहार गर्न नसकेकोमा कोन्सटासले बिहीबारको खेलमा दुई छक्का प्रहार परे। १९ वर्षे अस्ट्रेलियन ब्याट्सम्यानका अघि टेस्ट बुमराह निरीह देखिए। कोन्सटासलाई रविन्द्र जडेजाले एलबिडब्लू धरापमा पार्दै आउट गराएका थिए।
चौथो टेस्टमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ । पाँच खेलको यस सिरिज हाल एक-एकको बराबरी अवस्थामा छ। टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउनका लागि यो खेल जित्नुपर्ने दबाबमा भारत छ ।