मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १२ शुक्रबार १३:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा ढुंगा निकाल्ने क्रममा ढिस्कोले च्यापिएर एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार १३:५७:oo

सल्यानमा घर बनाउन खानीबाट ढुंगा निकाल्ने क्रममा खसेको ढिस्कोले च्यापिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका– ७ स्यानी जिमालका ४४ वर्षीय पोथे बोहराको ढिस्कोले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बिहीबार दिउँसो घरदेखि केही टाढा रहेको सामुदायिक वनमा रहेको ढुंगा खानीबाट एक्लै ढुंगा निकाल्न गएका थिए । साँझसम्म पनि घर नर्फिएपछि खोजतलास गर्ने क्रममा स्थानीयले माथिबाट ढुंगासहितको ढिस्काले च्यापिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

शुक्रबार बिहान प्रहरी घटनास्थलमा पुगी ढिस्कोले च्यापिएर मृत्यु भएका बोहराको शव निकाली मुचुल्का उठाई पोस्टपार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।