मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष १२ शुक्रबार o७:११:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राखेप बोर्ड सदस्यमा एमाले र कांग्रेसबाट समान चार सदस्य नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार o७:११:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आठजना बोर्ड सदस्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका सदस्यमध्ये आठजनालाई नियुक्त गरेको हो । खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रिपरिषद्मा कांग्रेस र एमाले पृष्ठभूमिका समान चारजनाको नाम सिफारिस गरेका हुन् । यद्यपि, रिक्त रहेको उपाध्यक्षको विषयमा कुनै निर्णय भएको छैन । 

सप्तरीबाट निर्वाचित कांग्रेसका सांसद रहेका चौधरीले कांग्रेस पृष्ठभूमिका भानबहादुर चन्द, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, कमलबहादुर भट्टराईलाई नियुक्ति दिएका छन् । भानबहादुर कांग्रेस सभापति शेरबहादुर देउवाका भान्जा हुन् । उनी हाल तेक्वान्दो संघका उपाध्यक्ष रहेको तथा ३५ वर्षदेखि तेक्वान्दोसँग जोडिएका छन् । त्यस्तै, एमालेनिकट नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, हिमाल श्रेष्ठ र जगतसिंह धामी रहेका छन् । नन्दा र सुवर्ण बोर्ड सदस्यमा दोहोरिएका हुन् ।