मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १२ शुक्रबार o७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको विशेष अभियान एक महिना लम्बियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार o७:२५:oo

कांग्रेसको जारी ‘सयदिने विशेष अभियान’को समयावधि एक महिना थप गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केही जिल्लामा उपनिर्वाचन, प्राकृतिक प्रकोपलगायत कारण अभियान प्रभावित भएकाले बाँकी जिल्लालाई समय थप गरिएको हो । 

गत १६ भदौमा केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार सांगठनिक गतिविधि प्रभावकारी बनाउन ७ असोजबाट अभियान थालिएको थियो । यसबिचमा दसैँअघिको वर्षालगायत कारण अभियान लम्बिएको थियो । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन १६ पुुसमा समापनको तयारी थियो ।

‘केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा ‘सयदिने विशेष अभियान’को तोकिएका कार्यसम्पादन हुन सकेका छैनन्, ती जिल्लाहरूले सहिद दिवसका दिन (१६ माघ) समापन गर्ने गरी समयावधि थप गरिएको छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।