१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रावा बैंकले १.२० प्रतिशत प्रिमियममै घरकर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५५:oo

राष्ट्रिय वाणिज्य बैंकले घर खरिद, घर निर्माण तथा जग्गा खरिदका लागि ‘मेरो घरकर्जा’ नामक नयाँ कर्जा योजना ल्याएको छ । बैंकले बेसरेटमा एक दशमलव २० प्रतिशत मात्र प्रिमियम जोडेर पाँच करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।

जसअनुसार हाल बैंकको बेसरेट ८ दशमलव २५ प्रतिशत रहेकाले उक्त कर्जा ९ दशमलव ४५ प्रतिशतमै पाइने बैंकले जनाएको छ । उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम ल्याइएको उक्त योजनाअनुसार बढीमा २० वर्षका लागि कर्जा लिन सकिने उल्लेख छ । मासिक किस्ताबन्दीमा भुक्तानी गर्नुपर्ने उक्त कर्जा बैंकका देशभरका सबै शाखाबाट प्राप्त हुने जनाइएको छ । 

ad
ad