१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ २६ शुक्रबार १०:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना सेवा विकास बैंकले गर्‍यो जुत्ता सर्भिस बुथ हस्तान्तरण

Read Time : < 1 मिनेट
२०८० माघ २६ शुक्रबार १०:३९:००

 कामना सेवा विकास बैंकले जुत्ता सर्भिस बुथ हस्तान्तरण गरेको छ । बैंकले  काठमाडौं महानगरपालिका वडा नं ३ सँगको सहकार्यमा कामनपा–३ को रानीबारी चोकमा जुत्ता मेन्डरका लागि सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको हो । सो क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेन्डरका लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउन बुथ निर्माण गरिएको बैंकले 
जनाएको छ । 

उक्त बुथको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ की वडासदस्य सीता थापाले गरेकी छिन् । हस्तान्तरण कार्यक्रममा बोल्दै वडासदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिलाई व्यवस्थित बनाउन बैंकले गरेको सहयोगको सराहना गरिन् । उक्त बुथ रानीबारीस्थित जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । 

यो सहयोगले जुत्ता मेन्डरलाई व्यवस्थित स्थान प्रदान गरी उनीहरूको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।