Skip This
ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २९ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २९ आइतबार o८:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २९ आइतबार o८:o६:oo

कामना सेवा विकास बैंकलाई ग्लोबल आइएमई बैंकले गैरकोषमा आधारित बैंकिङ सुविधा दिने भएको छ । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरूलाई गैरकोषमा आधारित एलसी, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङजस्ता सुविधा उपलब्ध गराउनेछ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर दुई सय ८७ शाखा, दुई सय ५२ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब आठ सय ६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।