१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Sunday, 22 September, 2024
दोहा
२o८o माघ २६ शुक्रबार o७:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतार लगातार दोस्रोपटक फाइनलमा

Read Time : < 1 मिनेट
दोहा
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार o७:o१:oo

आयोजक कतार एएफसी एसियन कप फुटबल प्रतियोगितामा लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । साबिक विजेतासमेत रहेको कतारले बुधबार राति भएको खेलमा इरानलाई ३–२ ले हराउँदै जोर्डनसँगको उपाधि भिडन्त पक्का गरेको हो । प्रतिस्पर्धामा २–२ को बराबरी रहेको अवस्थामा कतारका अलमोएज अलीले खेलको ८२औँ मिनेटमा विजयी गोल गरेका थिए । 

यसअघि खेलको चौथो मिनेटमै अजमोनले इरानलाई १–० को अग्रता दिलाएका थिए । खेलको १७औँ मिनेटमा जेसिम गाबेरले कतारलाई १–१ को बराबरीमा ल्याए । बल पोसेसन र काउन्टर एट्याक्ट बलियो बनाएको कतारले खेलको ४३औँ मिनेटमा २–१ को अग्रता लियो । 

कतारका लागि अक्रम अफिफले गोल गरेका थिए । खेलको ५१औँ मिनेटमा इरान खेलमा फर्कियो । अलिरेजा जाहानबाक्सले पेनाल्टीमा गोल गर्दै इरानलाई २–२ को बराबरीमा पु¥याए । त्यसपछि अलीको गोलमा कतार फाइनलमा पुग्यो ।