१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर २ शुक्रबार १७:०२:००
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

दोहामा खुल्यो फ्यान जोन, पहिलोपटक मदिरा बिक्री र सेवन खुला

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २ शुक्रबार १७:०२:००

कतारको दोहास्थिति कर्नेशनजिकै अल बिदा पार्कमा फ्यान जोन उद्घाटन भएको छ । विश्वकप फुटबल हेर्न आउने खेल पर्यटकहरूले खेल हेर्न सक्ने व्यवस्थासहितको फ्यान जोन सञ्चालनमा ल्याइएको हो । 

उद्घाटन समारोहमा विश्वविख्यात कलाकारले सांगीतिक कार्यक्रम संचालन गरेका थिए । चारघण्टासम्म चलेको कार्यक्रममा हजारोँ दर्शक सहभागी भएका थिए । फ्यान जोनमा ८० हजार दर्शक हट्ने क्षमता छ भने खेल पर्यटकहरूलाई लक्षित गरी विभिन्न रेस्टुरेन्ट तथा कफी सफ खोलिएका छन् । फ्यान जोनमा दर्शक खचाखच भई नअटाएपछि बाहिरबाट प्रवेश बन्द गरिएको थियो । 

अझ रोचक त, कतार सरकारले फ्यान जोनमा मदिरा बिक्री वितरण तथा सेवन गर्न पाउने व्यवस्था गरेको छ । कतार मदिरा बिक्री र सेवनमा अत्यन्त कडा कानुन भएको मुलुक हो । तर, विश्वकपलाई दृष्टिगत गरी कतार सरकारले फ्यान जोनमा मदिरा खुला गरेको हो । 

फ्रि जोनमा विश्वकपका लागि टिकट खरिद गरेपछि प्राप्त गर्न सकिने ‘हाया कार्ड’ देखाउनु पर्ने छ । फ्यान जोन विश्वकप अवधिभर खुला रहने कतार सरकारले जनाएको छ ।