युएईमा गुन्जिँदै नेपथ्य

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

नेपथ्यले युएईको दुबई सहरमा लाइभ कन्सर्ट गर्ने भएको छ। युएईको व्यावसायिक संस्था इजी ग्रुपको आयोजनामा आगामी अक्टोबर ४ मा ‘नेपथ्य लाइभ इन दुबई २०२६’ हुने भएको हो। 

कार्यक्रम दुबईको इन्टरनेट सिटीको ‘द एजेन्डा’ हलमा हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। आयोजक इजी ग्रुपका अनिल लामिछानेले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बताए। यसपटकको नेपथ्य लाइभ संगीतप्रेमीहरूको मनोरञ्जनका साथै संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उनको भनाइ छ।

करिब पाँच हजार दर्शक क्षमता भएको द एजेन्डा हलमा नेपथ्यको सांगीतिक मनोरञ्जन लिन युएईमा रहेका नेपालीहरूलाई उनले आह्वान गरेका छन्। कन्सर्टका लागि टिकट बिक्री भइरहेको छ।

नेपथ्यले युएईमा पहिले पनि लाइभ कन्सर्टहरू गर्दै आइरहेको छ। चार वर्षपछि हुन लागेको कन्सर्ट यसपटक अझै सशक्त हुने आयोजकको दाबी छ।

सुझावित समाचार