१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २४ बुधबार o७:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दोहामा उपप्रधानमन्त्री श्रेष्ठ भेटवार्तामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार o७:o३:oo

अति कम विकसित मुलुकहरूको सम्मेलनमा सहभागी हुन कतारको दोहा पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियनका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । सबै भेटवार्तामा नेपालसँग राष्ट्रसंघ र युरोपेली युनियनको सम्बन्ध, विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको नेपाललाई सहयोगलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

श्रेष्ठले राष्ट्रसंघका उपमहासचिव रबाब फतिमा, राष्ट्रसंघीय महासचिवका प्रकोपजन्य जोखिम न्यूनीकरणसम्बन्धी विशेष प्रतिनिधि मामी मिजुतोरी, अन्तर्राष्ट्रिय साझेदारीसम्बन्धी युरोपियन युनियनका आयुक्त जुत्ता युरपिलाइनेन, राष्ट्रसंघीय सहायक महासचिव ओस्कार फर्नान्डेजसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

विकास लक्ष्य कार्यान्वयन, नेपालको विकासशील मुलुकमा स्तरोन्नतिलगायत द्विपक्षीय विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले ट्विटरमा जनाएको छ । श्रेष्ठले २० फागुनमा अति कम विकसित मुलुक (एलडिसी) हरूको सम्मेलनलाई दोहामा सम्बोधन गरेका थिए । उनले नेपाल तीन वर्षपछि विकासशील मुलुकमा स्तरोन्नति हुन लागेका सन्दर्भमा सबैसँग सहयोगका लागि आह्वान गरेका थिए ।